राजकुमार लामा बने बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्ष



काठमाडौं । नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा राजकुमार लामा र कार्यकारी निर्देशकमा नयन कुमार लामा नियुक्त भएका छन् ।  दुवै पदाधिकारीले सोमबार समितिको केन्द्रिय कार्यालय बौद्धमा पुगी पदभार ग्रहण गरेका छन् ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष लामाले आफुले दोस्रो कार्यकाल सम्हाल्न पाउनु ब्यक्तिगत रुपमा खुशी लागेको धारणा  व्यक्त गर्दै अब संस्थागत व्यवस्थापन तर्फ आफ्नो टिमको ध्यान जाने बताएका छन् । उनले आफ्नो कार्यकाल अवधिमा आर्थिक पारदर्शिता र भ्रष्टाचार जन्य गतिविधि हुन नदिने समेत प्रतिबद्धता जनाए ।

कार्यक्रममा नव नियुक्त कार्यकारी निर्देशक नयन कुमार लामाले प्रशासनिक गतिविधि चुस्त र दुरुस्त बनाउन लागिपर्ने प्रतिबद्धता व्य्क्त गर्दै कर्मचारीलाई सामुहिक भावना अनुरुप काम गर्न निर्देशन समेत दिएका छन् ।

पदभार ग्रहण गरे लगत्तै बसेको समितिको पहिलोपटक बैठकले बौद्ध क्षेत्रलाई व्यवस्थित गर्ने र वैशाख २ गते  संचालन हुने तेमाल जात्रालाई व्यवस्थापन गर्न मुल समिति गठनको निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्