तमाकोशी–१ को अध्यक्षमा वसन्त थापा सर्वसम्मत, दवावमा गठबन्धन



दोलखा । वैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनमा दोलखा जिल्लाको तामकोशी गाउँपालिका वडा नं १ मा नेकपा एमालेले सर्वसम्मत रुपमा अध्यक्षको उमेदवार टुङ्ग्याएको
छ ।

जिल्ला कमिटी सदस्य एवम स्थानीय समाजसेवी वसन्त थापालाई अध्यक्षको उमेदवारको रुपमा सिफारिस गरि नाम पठाएको स्थानीय एमाले नेता बाबुराम काफ्लेले जानकारी दिएका छन् । वडा कमिटिका अध्यक्ष डण्डपाणी काफ्लेको अध्यक्षमा जिल्ला कमिटिका नेता, पालिका कमिटी नेता , जिल्ला सम्पर्क मन्चका नेता एवम वडा कमिटिका सदस्यहरुको भेलाले थापाको नाम सर्वसम्मत रुपमा टुङ्याएको हो ।

अघिल्लो स्थानीय निर्वाचनमा काँग्रेस र माओवादीले तालमेल गरी जिते पनि अपेक्षित रुपमा काम गर्न नसकेकोले र एमाले झन सुदृढ भएकोले यसपाली एमालेलाई जित्न कठिन नभएको अध्यक्ष डण्डपाणी काफ्लेले बताए ।

बाँकी सदस्यहरुको नाम पनि टुङ्गीसकेको तर विपक्षीको नाम हेरेर सार्वजनिक गर्ने अध्यक्ष काफ्लेले बताए । भिरकोटवासीको विश्वास र आफूले निस्वार्थ गरेको समाजसेवा नै आफ्नो जितको मुख्य आधार भएको उमेदवार थापाले बताए ।

उता गठबन्धन भने एमालेले लोकप्रिय एवम समाजसेवी व्यक्ती अगाडि सारेकोले मनोवैज्ञानिक दबावमा रहेको बताएको छ ।  गठबन्धन भित्रको ठूलो दल नेपाली  काँग्रेसभित्र आफैँमा किचलो, गठबन्धनभित्र अनिर्णय र शून्य समाजवादीका कारण गठबन्धन अझै अलमलमा रहेको छ भने एमाले उत्साहका साथ निर्वाचन अभियानमा होमिएको बताइएको छ । एमाले एक्लै आफ्नो पुरानो बिरासत फर्काउनेमा उत्साही छ भने गठबन्धन अघिल्लो पटकको बिरासत जोगाउनमा सङ्घर्षरत देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्