बूढानीलकण्ठ–३ मा एमालेका चार उम्मेदवार् सर्वसम्मत, को हुन् वडाध्यक्षका उम्मेद्वार राजेन्द्र खड्का ?



काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ–३ कमिटीले आगामी २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजेन्द्र खड्काको नेतृत्वमा चार जना उम्मेदवारहरु सर्वसम्मत चयन गरेको छ ।

वडा नं. ३ मा सम्पन्न पार्टी संगठित सदस्यको भेलाले राजेन्द्र खड्कालाई वडा अध्यक्षमा सर्वसम्मत चयन गरेको छ भने सदस्यहरुमा बिमला न्यौपाने, विकास तामाङ र विक्रमराज श्रेष्ठलाई सर्वसम्मत सिफारिस गरेको छ । त्यस्तै दलित महिला सदस्य चयन हुन बाँकी रहेको वडाध्यक्षका उम्मेद्वार राजेन्द्र खड्काले परिवर्तन खबरलाई बताए ।

को हुन राजेन्द्र खड्का ?

बि.सं. २०४६ सालदेखि पार्टी राजनीतिमा सक्रिय राजेन्द्र खड्का २०४७ सालमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुमा आवद्ध हुन पुगे । २०५५ देखि बूढानीलकण्ठ गाउँ पार्टी कमिटीको दुई कार्यकाल सचिव भएका खड्काले २०७७ पुससम्म बुनपा ३ को पार्टी अध्यक्षको रुपमा काम गरे ।

नेकपा एमाले बूढानीलकण्ठ नगरकमिटी सदस्य सहित बूनपा ३ का ईन्चार्जको जिम्मेवारी समेत निर्वाह गरेका खड्काले भूकम्प आउँदाको समयमा स्वयमसेवा गर्दै भूकम्प पिडितहरुलाई सहयोग गरेका थिए ।

लामो समयदेखि पार्टी संगठन निर्माणमा निरन्तर लागेका राजेन्द्र खड्काले २७ वर्ष भन्दा बढी शिक्षा क्षेत्रमा विताएका उनले आत्मा विकास आधारभूत विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी समेत पुरा गरेका छन् ।

शिक्षा क्षेत्रमा बिकम र एमपिए पुरा गरेका खड्का अहिले नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्