बूढानीलकण्ठ–६ मा एमालेका पाँचै उम्मेदवार् चयन, को हुन् वडाध्यक्षका प्रत्यासी रवि खड्का ?



काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ–६ कमिटीले आगामी २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रवि खड्काको नेतृत्वमा पाँचै जना उम्मेदवारहरु सर्वसम्मत चयन गरेको छ ।

वडा नं. ६ मा सम्पन्न पार्टी सदस्यको भेलाले रवि खड्कालाई वडा अध्यक्षमा सर्वसम्मत चयन गरेको छ भने सदस्यहरुमा मुना महर्जन नानु श्रेष्ठ (खड्का) रञ्जु कार्की (खत्री)लाई सर्वसम्मत सिफारिस गरेको छ । त्यस्तै दलित महिला सदस्यमा रमा परियारलाई पनि सर्वसम्मत चयन गरेको छ ।

को हुन रवि खड्का ?

बि.सं. २०३६ साल असोज १ गते साविक खड्का भद्रकाली गाविस वडा नं. ३, खड्का गाउँमा जन्मिएका रवि खड्का सानै उमेरदेखि राजनीतिमा सक्रिय भए ।

२०५१ सालदेखि कम्युनिष्ट राजनीतिमा लागेका उनले २०५४ सालमा अनेरास्ववियु काठमाडौं जिल्ला कमिटी सदस्य र २०५६ सालमा अनेरास्ववियु काठमाडौं जिल्ला कमिटी कोषाध्यक्ष भए । २०६२ सालदेखि नेकपा एमालेको खड्का भद्रकाली–३ वडा कमिटी सदस्य भएका उनी २०६५ देखि २०६८ सम्म नेकपा एमालेको तर्फबाट खड्का भद्रकाली गाविसका पार्टी प्रतिनिधिको जिम्मेवारी कुशलतापूर्वक पुरा गरे ।

२०६४ देखि २०७१ सम्म ३ कार्यकाल नेकपा एमाले भद्रकाली गाविसका सचिवको रुपमा जिम्मेवारी सम्हालेका खड्का २०७८ सालमा नेकपा एमाले बूढानीलकण्ठ–५ को पार्टी अध्यक्षको रुपमा कार्यरत छन् ।

समाजसेवा र व्यवसायमा स्थापित रवि खड्काले आफ्नै टोलमा नौलिन भद्रकाली डेरी र आरके लाइभ बेकरी समेत संचालन गरेका छन् । सामाजिक सेवामा सक्रिय खड्काले सिटिजन एफएममा मार्केटिङ म्यानेजरको रुपमा २ वर्ष काम गरेको अनुभव समेत संगालेका छन् ।

राजनीतिमा भिजेर पार्टी संगठकको रुपमा विभिन्न जिम्मेवारी निर्वाह गरेका रवि खड्का चुनावी प्रतिस्पर्धामा भने पहिलो पटक मैदानमा उत्रदैछन् ।

प्रतिक्रिया दिनुहोस्