नेकपा एमाले बूढानीलकण्ठ–१० ले टुङ्ग्यायो सर्वसम्मत उम्मेद्वार



काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ–१० कमिटीले आगामी २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु सर्वसम्मत टुङ्गयाएको छ ।

वडा नं. १० मा भएको संगठित सदस्य भेलाले नवराज भट्टराईलाई पुनः वडा अध्यक्षमा सर्वसम्मत चयन गरेको छ भने सदस्यहरुमा चन्द्रमान श्रेष्ठ, रिता दाहाल र देवी रेग्मीलाई सर्वसम्मत सिफारिस गरेको छ । त्यस्तै दलित महिला सदस्यमा दिल कुमारी बि.क. पनि सर्वसम्मत चयन भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्