काँग्रेस प्रवेश गरेकोमा पछुताउँदै एमालेमै फर्किए बूढानीलकण्ठ–७ का सदस्य राम बहादुर थिङ



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. ७ का सदस्य राम बहादुर थिङले आज एक विज्ञप्ती जारी गर्दै आफू मूल घर एमाले नै फर्किएको जनाएका छन् ।

केहि दिन अगाडी नेपाली काँग्रेस प्रवेश गरेका सदस्य थिङले केहि दिन पहिला भ्रम बस काँग्रेस प्रवेश गरेकोमा पछुतो रहेको भन्दै आफ्नै मूल घर नेकपा एमालेमा फर्किएको बताएका हुन् ।

आफुले २०५३ साल भन्दा अगाडी देखि राजनीतिक रुपमा लगानी गरेको मुलघर नेकपा एमालेमै फर्किएको बताउँदै उनले आगामी दिनमा पनि नेकपा एमालेमा कटिवद्ध भएर सक्रिय रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

राम बहादुर थिङले जारी गरेको वक्तव्य

प्रतिक्रिया दिनुहोस्