नेपाली काँग्रेसका क्रियाशील सदस्यहरु नेकपा एमालेमा प्रवेश, डा. राजन भट्टराईद्वारा स्वागत तथा बधाई ज्ञापन



काठमाडौं । नेकपा एमालेका बिदेश बिभाग प्रमुख तथा केन्द्रीय सदस्य डा. राजन भट्टराईले काठमाडौं महानगरपालिका वडा नं ७ मा नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका नवप्रवेशीहरुलाई अविर र खादा लगाई स्वागत तथा बधाई ज्ञापन गरेका छन् ।

नेपाली काँग्रेसका क्रियाशील सदस्यहरु चावहिल निवासी अनिता शाक्य (अध्यक्ष–सुबर्णपुर चावहीः मिसा पुचः, नेवा देय दबुः चाबहिल ७ का अध्यक्ष) र नेवा गवाहली पुचः चाबहिल ७ का अध्यक्ष सनोज शाक्य नेकपा एमाले प्रबेश गरेका हुन् ।

दुई प्रभावशाली नेताहरुको पार्टी प्रवेश कार्यक्रममा नेपाल राष्ट्रिय भूतपूर्व शैनिक तथा प्रहरी संगठनका केन्द्रीय उपाध्यक्ष रबिन्द्र पण्डित र परमानन्द शाक्यले पनि स्वागत तथा बधाई ज्ञापन गरेका थिए भने नेकपा एमाले ७ न वडा कमिटीका अध्यक्ष दिपेन्द्र पुडासैनीले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्