मरिण गाउँपालिकाको अध्यक्षमा गोबिन्दलाल माझी सर्वसम्मत



सिन्धुली । नेकपा एमाले मरिण गाउँपालिका कमिटीको आइतबार बसेको चौथो पूर्ण बैठकले पालिका प्रमुखको उम्मेद्वारमा गोबिन्दलाल माझीलाई सर्वसम्मत चयन गरेको छ ।

एमालेको राजनीतिमा क्रियाशील माझीलाई आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचमा मरिण गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको एमाले सिन्धुलीका प्रचार बिभाग प्रमुख संजय कुमार दाहालले परिवर्तन खबरलाई जानकारी गराए ।

नेकपा एमाले बाग्मतीप्रदेश कमिटी सदस्य समेत रहेका माझी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान परिषद्को सदस्य सचीव समेत रहेका थिए ।

यो पनि पढ्नुहोस्

नेकपा एमालेबाट दुधौली १ मा चन्द्रप्रसाद पहाडी सर्वसम्मत

प्रतिक्रिया दिनुहोस्