नेकपा माओवादी केन्द्र बूढानीलकण्ठले टुङ्गयायो नगरप्रमुख र उप–प्रमुखको उम्मेद्वार



काठमाडौ । बूढानीलकण्ठ नगरपालिकामा नेकपा माओवादी केन्द्र नगरपालिकाको प्रमुख र उपप्रमुख टुङ्गो लगाउने पहिलो दल बनेको छ । नगर प्रमुखमा डम्बर अधिकारी र उपप्रमुखमा कमला गौतमलाई नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको पूर्ण बैठकले अनुमोदन गरी उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बूढानीलकण्ठ–१० स्थित बाल उद्धार माविका पूर्व व्यवस्थापन समितिका अध्यक्ष रहेका अधिकारीले तत्कालिन कपन गाविसको संयन्त्रमा दलीय प्रतिनिधिका ?पमा समेत योगदान दिएका थिए । त्यस्तै नेकपा माओवादी केन्द्र बूढानीलकण्ठ नगर कमिटीकी उपाध्यक्ष कमला गौतम द्वन्द कालदेखि माओवादी आन्दोलनमा सक्रिय रहेकी छिन् ।

नगरप्रमुखमा सर्वसम्मत बनेका अधिकारी वडा नं १० निवासी हुन् भने उप–प्रमुखमा सर्वसम्मत सिफारिस भएकी गौतम वडा नं ८ निवासी हुन् ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सदस्य अधिकारी लामो समयदेखि नेकपा माओवादी केन्द्रका विभिन्न जिम्मेवारीमा सक्रिय रहेका थिए भने पूर्व लडाकु समेत रहेकी गौतमले अखिल नेपाल महिला संघका विभिन्न जिम्मेवारीमा रहेर आन्दोलनमा योगदान पुर्याएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्