लण्डनको पुस्तक मेलामा चिनियाँ लेखक सुयमोका कृतिहरु प्रदर्शन



काठमाडौं । बेलायतको लण्डनमा जारी लण्डन पुस्तक प्रदर्शनी २०२२ मा चिनियाँ लेखक सुयमोका विभिन्न कृतिहरुको प्रदर्शनी गरिएको छ ।

चाईना बुक ट्रेडिङ्ग कर्पाेरेशनले बुथ नं.७ एच ४० मा उनीद्वारा लिखित दर्जनौं कृतिहरु प्रदर्शनमा राखिएका छन् ।

११५ भन्दा बढी देशहरुले सहभागिता जनाईरहेकोे प्रदर्शनीमा अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा कोभिड १९ को प्रभावबिच बीस हजार भन्दा बढी सहभागी हुने आयोजकको दावी छ ।

प्रदर्शनीमार्फत सहभागीहरुले चाइनाको सभ्यता विकास र साहित्य मार्फत जानकारी पाउँनेछन् । जसमार्फत चिनियाँ लेखक सुयमो लगायत चिनियाँ साहित्यको बारेमा प्रचारप्रसार हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्