एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः मेरो रेडिमेड उद्योगको साथ



‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा मेरो रेडिमेड उद्योग जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डमा मेरो रेडिमेड उद्योग सह–प्रायोजकको रुपमा जोडिएको हो ।

अवार्डका लागि गुणस्तरी गार्मेन्ट कपडाहरुबाट विभिन्न किसिमका लुगाहरु उत्पादन गर्दै आएको मेरो रेडिमेड उद्योगले लगातार दोस्रो बर्ष सह–प्रायोजकको रुपमा सहयोग गर्ने भएको हो । यसअघि भएको दोस्रो संस्रणमा पनि उद्योगले सहयोग गरेको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र मेरो रेडिमेड उद्योगका प्रबन्ध निर्देशक मदन कुँवरका बीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको मेरो रेडिमेड उद्योगले सबै प्रकारका तयारी पोशाकहरु उत्पादन गर्दै आएको छ ।

उद्योगले महिला र बच्चासँग सम्बन्धित विभिन्न तयारी पोशाकहरु उत्पादन गर्दै आएको छ । प्रदेशको गौरब बढाउने खेलाडीलाई सम्मान गरिने कार्यक्रममा जोडिएको मेरो रेडिमेड उद्योगका प्रबन्ध निर्देशक मदन कुँवरले बताए । उनले आगामी दिनमा थप सहयोग गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । सह–प्रायोजकमा केल्मी रहेको छ ।

विभिन्न ८ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्