लक्ष्मण घिमिरेको नेतृत्वमा टेक्ससको प्रवासी मंच पुर्नगठन



टेक्सस(अमेरिका) – नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च टेक्सस राज्य कमिटिको अध्यक्षमा युवा नेता लक्ष्मण घिमिरे चुनिएका छन् ।
टेक्सस शाखाको सचिवको जिम्मेवारी पुरा गरेका घिमिरे नेपालमा हुँदा अनेरास्ववियु जिल्ला कमिटी ओखलढुङ्गाका सचिव समेत रहेका थिए।
घिमिरेको नेतृत्व सङ्गै प्रवासी नेपाली मञ्च टेक्सस राज्य कमिटी अब युवा पुस्तामा हस्तान्तरण भएको छ। केन्द्रिय महाधिवेशन नजिकिदै गर्दा केन्द्रीय सचिवालयले दिएको निर्देशन अनुसार गत आइतबार अधिवेशन आयोजक कमिटीले सम्पन्न गरेको अधिवेशनले घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो।

मञ्चका कार्यबाहक अध्यक्ष चन्द्रमणि पान्डेको अध्यक्षतामा सम्पन्न भएको अधिवेसनले नयाँ कमिटी गठन गरेको हो।

प्रवासी नेपाली मंच टेक्ससको नयाँ कमिटी

अध्यक्ष : लक्ष्मण घिमिरे
उपाध्यक्ष : किरण पौड्याल
सचिव : राजु नेपाल
सह-सचिव : शब्दिता प्याकुरेल
सदस्यहरु :

मधुसुदन ज्ञावली
मनोज धिताल
नुरनाथ सुबेदी
कृष्ण भट्टराई
राजेश अधिकारी
पवन अर्याल
गोपाल प्याकुरेल

प्रतिक्रिया दिनुहोस्