बूढानीलकण्ठ-१० को दिप मण्डला क्लबले राख्यो २१ चोकमा लोकेशन बोर्ड



बूढानीलकण्ठ-१० मा रहेको दिप मण्डला क्लबले वडा भित्रका विभिन्न २१ चोकमा लोकेशन बोर्ड राखेको छ।

क्लबका सचिव प्रदिप मैनालीका अनुसार लोकेशन बोर्डहरुले आम जनतालाई गन्तव्यमा पुग्न र नव आगान्तुकहरुलाई ठेगाना पत्ता लगाउन सहयोग पुग्ने बताएका छन्।

वडा कार्यालयको योजना र बजेटमा राखिएका बोर्डहरुले आगन्तुकहरुलाई भ्रमणमा सहजता पुर्याएको भन्दै वडाअध्यक्ष नवराज भट्टराईले क्लबको कामबारेमा प्रसंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्