मनाङ, मुस्ताङ र डोल्पामा पाँच दल मात्रै निर्वाचनमा



स्थानीय तहको निर्वाचन प्रयोजनका लागि काठमाडौंमा सबैभन्दा बढी राजनीतिक दल दर्ता हुँदा मनाङ, मुस्ताङ, डोल्पामा भने सबैभन्दा कम दल दर्ता भएका छन् । आगामी ३० वैशाखको निर्वाचन प्रयोजनका लागि काठमाडौंमा सबैभन्दा बढी ४० दलले निर्वाचन आयोगमा दल दर्ता गरिरहँदा मनाङ, मुस्ताङ र डोल्पामा भने ५/५ दल मात्रै चुनावी मैदानमा होम्मिने भएका छन् ।

निर्वाचन आयोगका अनुसार काठमाडौंपछि सबैभन्दा बढी दल दर्ता मोरङमा ३३, सुनसरी र रुपन्देहीमा ३२/३२, ललितपुरमा ३१, रौतहट र झापामा ३०/३० वटा दल निर्वाचन प्रयोजनका लागि दर्ता भएका छन् ।

यसैगरी, १० भन्दा कम दल दर्ता हुने जिल्लामा सल्यान, बझाङ, रोल्पा, रुकुम पश्चिम, जाजरकोट ७(७, पाँचथर, जुम्ला, दैलेखमा ८/८, ताप्लेजुङ, डोटी, तेह्रथुम, पाल्पा, प्युठान, मुगु, हुम्ला र बाजुरामा ९/९ वटा दलले निर्वाचनमा भाग लिने गरी दल दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्