चिनियाँ विदेशमन्त्री वाङ यी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । नक्शालस्थित होटल मेरियटमा वाङ यी र ओलीबीच भेटवार्ता भएको हो।

आजै सोही होटलमा चिनियाँ विदेशमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता हुँदै छ ।

तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।

प्रतिक्रिया दिनुहोस्