नेपाली सेना “भूतपूर्व सैनिक सम्मेलन-२०७८” शुभारम्भ



नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा नेपाली सेनाबाट निवृत्तिभरणमा रहेका भू.पू. सैनिक तथा तीनका एकल महिलाहरुको सहभागितामा “भूतपूर्व सैनिक सम्मेलन-२०७८” कार्यक्रम, मिति २०७८ चैत्र ९ गते, प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा दिपायलस्थित श्री नं. ५ बाहिनी अड्‍डामा शुभारम्भ भएको छ ।

     कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट दिप प्रज्वलन गरी समुद्‍घाटन भएको यस सम्मेलनमा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ्ग, बैतडी र दार्चुला गरी जम्मा ७ (सात) जिल्लाहरुमा बसोबास गर्ने करीब ६५० (छसय पचाँस) जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको 5 ।

उक्त सम्मेलनलाई सम्बोधन गर्नु हुँदै प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्‍न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्नु भई भू.पू. सैनिक तथा तीनका एकल महिलाहरुको सर्वपक्षीय समुन्नति र प्रगति, नेपाली सेनाको बलियो आधार स्तम्भ रहेको बताउनु भएको थियो । नेपालमै बसेर परिश्रम गरे सफल भईन्छ भन्ने सन्देश दिनुहुँदै उहाँले “Welfare Vision 2030” अनुरुप हिताधिकारीहरुको असिमित चाहना र आकांक्षाहरुको सम्बोधन गर्दै कल्याणकारी कोषलाई थप दिगो, मितव्ययी र पारदर्शी बनाउने लक्ष्य रहेको जानकारी गराउनु भएको 5 .  

 सम्बोधनकै क्रममा उहाँले, हाल संचालन भईरहेका कल्याणकारी कार्यक्रम तथा सेवा सुविधाहरुका सम्बन्धमा संक्षिप्त जानकारी गराउँदै नेपाली सेनाको श्रोत, साधन र क्षमताले भ्याएसम्म यस किसिमका सेवा सुविधाहरु भविष्यमा थप विस्तार तथा अभिवृद्धि गर्दै लगिने विश्वास समेत दिलाउनु भएको 5 ।

 दिपायल सिलगढी नगरपालिका वडा नं. ५ ८४ (चौरासी) जमदार लक्षिमन भण्डारी  कालीजंग  हुद्धा जय राना, के.आई.सिंह नगरपालिका वडा नं. ५ निवासी, ८६ (छयासी) खिमा देवी राना उद्यमी व्यवसायीहरुलाई प्रशंसा-पत्र एवं पुरस्कार वितरण, ४ (चार) आमा  ब’af,क्‍त २ (दुई)  तथा आर्थिक सहयोग प्रदान गरिनुका साथै एवं महिला उद्यमशिलता कर्जा व्यक्तिहर

 भू.पू. सैनिकहरुको तर्फबाट प्रादेशिक रथीबृन्द प्रतिनिधि तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका सभापतिबाट मन्तव्य एवं बलाध्यक्ष रथी सरोज प्रताप राणाको मन्तव्य सहित समापन भएको उक्त सम्मेलनमा, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरु, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारहरु र अन्य आमन्त्रित अतिथि तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त सम्मेलनमा भू.पू. सैनिक तथा तीनका एकल महिलाहरुको तर्फबाट प्लेकार्ड सहितको मार्चपाष्टलगायत नेपाली सेनाद्वारा स्थान विशेषको झाँकी, संस्कृति झल्किने नांच, खुकुरी ड्रिल, तेक्वान्दो पि.टि., मास पि.टि. र सैनिक व्याण्डको प्रस्तुती प्रदर्शन गरिएको थियो ।

यस सम्मेलनलाई लक्षित गर्दै मिति २०७८ चैत्र ०७ गतेदेखि ऐ. ०९ गतेसम्म नेपाली सेनाका मेडिकल टोलीद्वारा राजपुर ब्यारेक, दिपायलमा स्वास्थ्य शिविर संचालन गरि GOPD, MEDICINE, SURGERY, OBS/GYN, PAEDIATRICS, EYE, ENT, DENTAL, RADIOLOGY, PHARMACY, PATHOLOGY, ORTHOPEDIC लगायतका स्वास्थ्योपचार सेवा प्रदान गर्नुका साथै COVID-19 Vaccine नलगाएकाहरुको हकमा Vaccine को ब्यवस्था गरिएको थियो । यसका साथै, स्वास्थ्य शिविरमा आंखा चेकजाँच गराउँने सहभागीहरुलाई आवश्यकता अनुसार नि:शुल्क चस्मा समेत वितरण

यस प्रकारको सम्मेलनले अवकाश प्राप्त सैनिक व्यक्तिहरूको अवकाश पछिको जीवनमा थप उर्जा र शक्ति प्रदान गर्नुको साथै समाजमा सम्मानित जीवन यापन गर्दै सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप उर्जा तथा हौसला मिल्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्