त्रिभुवन विश्वविद्यालय र बालउद्धार मा. वि. बीच सम्झौता : आगामी शैक्षिक सत्रदेखि चिनियाँ भाषा पढाउने समझदारी



बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलको समुपस्थितिमा त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस ईन्स्टिच्युट र बालउद्धार माध्यमिक विद्यालय बीचमा आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रममा समावेश गराई चिनियाँ भाषा पठनपाठन गराउन सोमबार विद्यालय परिषरमा भव्य कार्यक्रमबीच सम्झौता सम्पन्न भएको छ।

शुभकामना मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख उद्दव प्रसाद खरेलले विद्यालयमा औपचारिक रुपमा गराईने चिनियाँ भाषाको पठनपाठनले चिनियाँ भाषा, संस्कृति र सभ्यताको साथै चिनियाँ विकासबारे जान्न र उच्च शिक्षाको लागि छात्रवृतिमा पढ्न पाउने अवसर हुने बताए। अंग्रेजी, चिनियाँ र हिन्दि भाषाको ज्ञानले पढाईको अतिरिक्त व्यवसाय, पर्यटन क्षेत्रमा अवसरको ढोका खोल्ने बताउँदै आफ्नो नगरपालिकामा यस किसिमको कार्यक्रम आएकोमा खुशी समेत व्यक्त गरे।

कार्यक्रमका विशेष अतिथि ईस्ट चाईना विश्वविद्यालय अन्तराष्ट्रिय साझेदारी प्रमुख तथा त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस ईन्स्टिच्युटका डाईरेक्टर प्रा. डा. लिउ युमिङ्गले आफ्नो धारणा राख्दै बाल उद्दार जस्तो नमूना विद्यालयमा चिनियाँ भाषा पठन-पाठन गराउन व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेको निरन्तरको प्रयासले सम्झौता गर्न सम्भव भएको बताउँदै चिनियाँ भाषाको पठनपाठनले चिनियाँ भाषा, संस्कृति र नेपाली भाषा र संस्कृतिबारे आदान-प्रदान भई नागरिक-नागरिक बीचको सम्बन्ध बढाउने विश्वास व्यक्त गरे।

नेपाल र चीनबीचको मित्रवत सम्बन्धको कारण त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसीयस ईन्स्टिच्युट स्थापना भएको बताउँदै चिनियाँ भाषा र आफ्नो अध्ययन राम्रो गर्ने मेहनती विद्यार्थीहरुले चीनमा गई छात्रवृतिमा उच्च शिक्षा प्राप्त गर्ने अवसर समेत पाउने बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले चिनियाँ भाषा सिकाईले विद्यार्थीहरुमा अवसरका नयाँ ढोका खुल्ने बताउँदै त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस ईन्स्टिच्युटको सहकार्यमा आगामी शैक्षिक सत्रदेखि कक्षा ९ बाट चिनियाँ भाषा पठनपाठन गरिने जानकारी गराए।

विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले कक्षा ९ बाट बढीमा २० जनाको दरले पठनपाठन गराईने चिनियाँ भाषा प्रत्येक वर्ष थपिँदै कक्षा १२ सम्म हुने, पढाई र चिनियाँ भाषामा राम्रो गर्ने विद्यार्थीहरुले विद्यालयको सिफारिसमा स्नातक, स्नातकोत्तर र पिएचडी सम्मको अध्ययन छात्रवृतिमा पढ्न पाउने अवसर प्राप्त हुने बताए।

सम्झौता कार्यक्रममा त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस ईन्स्टिच्युटका प्रा.डा. बाल मुकुन्द रेग्मी, नगर उप-प्रमुख रमादेवी राई, नगरप्रवक्ता तथा वडाध्यक्ष नवराज भट्टराई, वडा सदस्य भुवप्रसाद रेग्मी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक-अभिभावक संघका पदाधिकारीहरु, फरक-फरक ५ चिनियाँ संचार माध्यामका प्रतिनिधिहरु, नेपाली संचार माध्यामका प्रतिनिधि, विधालयका बाल बालिकालाई युनिफर्म तथा खाजा सहयोग गर्ने चिनियाँ प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।

विद्यालयका माध्यमिक अंग्रेजी शिक्षक बासु गुरागाईको संचालन, विद्यालयकी विद्यार्थी प्रतिनिधि आस्था घिमिरेको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रशंसा राईको टिमले नेपाली नृत्य र आस्था घिमिरेको टिमले चिनियाँ नृत्य गरेका थिए।

सम्झौता कार्यक्रमको व्यवस्थापनको खर्च २०० भन्दा बढी प्रसिद्ध पुस्तक लेखी ४३ भन्दा बढी भाषामा प्रकाशित गराउन सफल स्थापित चिनियाँ लेखक सुय मो नाममा नेपालमा दर्ता भएको सुय मो ईण्टरनेश्नल पब्लिकेशन प्रा.लि.ले गरेको थियो।

बालउद्धार मा.वि.का ५३ विद्यार्थीलाई विद्यालय पोशाक वितरण
चिनियाँ संस्थाद्वारा बालउद्धार मा.वि.मा पुस्तक तथा स्वास्थ्य सामग्री वितरण
रोटरी क्लब अफ पशुपतिद्धारा बाल उद्धार मा.वि.लाई क्यान्टिन फर्निचर सहयोग
बाल उद्धार मा.वि. क्यान्टिन सञ्चालनको लागि टेन्डर आह्वान
मला कार्कीद्वारा बालउद्धारमा १० लाख राशीको रितु कार्की स्मृति अक्षयकोषको स्थापना
नकुमारी थापा परिवारद्धारा बालउद्धार माविमा एकलाख पाँचहजारको अक्षयकोष स्थापना
बूढानीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा कपन स्थित बालउद्दार मा.वि.ले उचाल्यो उप-विजेताको ट्रफी
बालउद्धार माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा नयाँ नेतृत्व
बाल उद्दार मा.वि. मा अभिभावक-शिक्षक संघ गठन
बाल उद्धार माध्यमिक विद्यालयबाट अरु सामुदायिक विद्यालयले पनि सिक्नुपर्छ : शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ (भिडियो सहित)
प्रधानाध्यापक विनोद पण्डितको नेतृत्वमा बालउद्धार काठमाडौंकै नमूना विद्यालयमा छनोट
बालउद्धारलाई पाँच वर्षमा देशकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्य लिएको छु : विनोद पण्डित
गुणस्तरीय शिक्षाको लागि अब बालउद्धार
बालउद्धारको ‘अतिरिक्त क्रियाकलाप तथा खेलकुद सप्ताह २०७५’ शुरु
कोरियन विश्वविद्यालयका उपकुलपति सहितलाई बालउद्धार स्कूलको भव्य विदाई
क्षिण कोरियाको विश्वविद्यालय र बालउद्धार मावि विच भगिनी सम्बन्ध
डा. राजन भट्टराईद्वारा बालउद्धार माविको नवनिर्मित भवन समुद्घाटन तथा सम्मान
बालउद्धारमा ‘सेनेटरी प्याड’ वितरण

प्रतिक्रिया दिनुहोस्