बालउद्धार मा.वि.का ५३ विद्यार्थीलाई विद्यालय पोशाक वितरण



बूढानीलकण्ठ नगरपालिका –१० स्थित बालउद्धार माध्यमिक विद्यालयका ५३ जना विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेको पहलमा समाजसेवी शारदा घिमिरे (उप्रेती) द्वारा उनकै सहयोगमा आज विद्यालयको नयाँ पोशाक वितरण गरिएको छ।

विधालयको कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु मध्ये विद्यालयका शिक्षकद्वारा छनोट गरिएका ५३ छात्रछात्रालाई पोशाक वितरण गरिएको र यस किसिमको सहयोगले विद्यालयका विद्यार्थीहरुको पढाईमा समेत सकारात्मक प्रभाव पार्ने सहायक प्रधानाध्यापक राजन प्रसाद रेग्मीले परिवर्तन खबरलाई बताएका छन्।

प्रधानाध्यापक विनोद पण्डितले विद्यालयका आर्थिक रुपमा कमजोर विद्यार्थीहरुलाई वितरण गरिएको पोशाक सहयोगले ठूलो योगदान पुर्याउने बताउँदै आगामी दिनमा समेत यस किसिमका कामहरुलाई निरन्तरता दिन वरिष्ठ समाजसेवी शारदा घिमिरेलाई अनुरोध गरेका छन्।

पोशाक वितरण समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरे, विद्यालय व्यवस्थापन समिति सदस्य देवी रेग्मी, प्रधानाध्यापक विनोद पण्डित, सहायक प्रधानाध्यापक राजन प्रसाद रेग्मी, समाजसेवी रेणुका खड्का, उमा घिमिरे, इण्ट्र्याक्ट क्लबकी अध्यक्ष आस्था घिमिरे लगायत शिक्षकहरुको सहभागीता रहेको थियो।

सम्बन्धित समाचारहरु :

चिनियाँ संस्थाद्वारा बालउद्धार मा.वि.मा पुस्तक तथा स्वास्थ्य सामग्री वितरण
रोटरी क्लब अफ पशुपतिद्धारा बाल उद्धार मा.वि.लाई क्यान्टिन फर्निचर सहयोग
बाल उद्धार मा.वि. क्यान्टिन सञ्चालनको लागि टेन्डर आह्वान
मला कार्कीद्वारा बालउद्धारमा १० लाख राशीको रितु कार्की स्मृति अक्षयकोषको स्थापना
नकुमारी थापा परिवारद्धारा बालउद्धार माविमा एकलाख पाँचहजारको अक्षयकोष स्थापना
बूढानीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा कपन स्थित बालउद्दार मा.वि.ले उचाल्यो उप-विजेताको ट्रफी
बालउद्धार माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा नयाँ नेतृत्व
बाल उद्दार मा.वि. मा अभिभावक-शिक्षक संघ गठन
बाल उद्धार माध्यमिक विद्यालयबाट अरु सामुदायिक विद्यालयले पनि सिक्नुपर्छ : शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ (भिडियो सहित)
प्रधानाध्यापक विनोद पण्डितको नेतृत्वमा बालउद्धार काठमाडौंकै नमूना विद्यालयमा छनोट
बालउद्धारलाई पाँच वर्षमा देशकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्य लिएको छु : विनोद पण्डित
गुणस्तरीय शिक्षाको लागि अब बालउद्धार
बालउद्धारको ‘अतिरिक्त क्रियाकलाप तथा खेलकुद सप्ताह २०७५’ शुरु
कोरियन विश्वविद्यालयका उपकुलपति सहितलाई बालउद्धार स्कूलको भव्य विदाई
क्षिण कोरियाको विश्वविद्यालय र बालउद्धार मावि विच भगिनी सम्बन्ध
डा. राजन भट्टराईद्वारा बालउद्धार माविको नवनिर्मित भवन समुद्घाटन तथा सम्मान
बालउद्धारमा ‘सेनेटरी प्याड’ वितरण

प्रतिक्रिया दिनुहोस्