युक्रेनको पक्षमा नेपाल



परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनको सार्वभौमसत्ताको पक्षमा नेपाल उभिएको बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. खड्काले युक्रेनको पक्ष लिनु भनेको युद्धको पक्ष लिनु नभएको प्रस्ट पारे । उनले भने, “पश्चिमा गठबन्धनमा सामेल हुने कुरा होइन, यो राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय सन्धिबमोजिम हो ।”

उनले थपे, “युक्रेनमा रुसले गरेको आक्रमण कुनै राष्ट्रको सार्वभौमसत्ताविरुद्धको र विश्व शान्तिमा खलल पुर्‍याउने काम हो । नेपालको मत त्यही अतिक्रमणको विरोधमा थियो ।” यसै महिनाको सुरुवातमा युक्रेनमा भएको आक्रमणलाई लिएर रुसको निन्दा गरिएको प्रस्तावमाथि संयुक्त राष्ट्रसङ्घको प्रस्तावको पक्षमा नेपालले अन्य १४१ देशसँगै मतदान गरेको थियो । मतदानमा भारत र चीन भने अनुपस्थित थिए । मन्त्री खड्काले नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अनुमोदनबारे काठमाडौँस्थित अमेरिका र चीनका राजदूतलाई स्मरण गराएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्