
मंगलबार सुनको मूल्यमा वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । यससँगै, एकै दिन ८०० रुपैयाँले वृद्धि हुँदै मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ८०० रुपैयाँले नै बढ्दै ९६ हजार ५०० रुपैयाँ पुगेको छ ।
यस्तै,चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर एक हजार ३१५ रुपैयाँ पुगेको छ ।





