
आज साताको पहिलो कारोबारको दिन सुनको मूल्यमा सामान्य वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । यससँगै, छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँ कायम छ ।





