कर्णाली प्रदेशसभाको बैठक स्थगित



कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज विशेष कारण देखाउँदै बैठक स्थगनको सूचना टाँस गरेको हो । बैठक आज दिउँसो १० बजे बोलाइएको थियो ।

माघ १६ गते बसेको प्रदेशसभाको तेस्रो बैठकमा नेकपा (एमाले) ले बजेट वितरणमा देखिएका समस्या समाधान, पूर्वाधार विशेष कार्यक्रम कार्यविधि संशोधन गर्नुपर्नेलगायत माग गरेको थियो । यस विषयमा तीन दल नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेस बीचको सहमति जुट्न नसक्दा बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कर्णालीमा सदनको गतिरोध अन्त्य गर्न र एमालेले बजेटमा देखाएका समस्या समाधानका लागि पूर्व कानुनमन्त्री नरेश भण्डारी संयोजकत्वको तीन सदस्यीय कार्यदल पनि गठन गरिएको छ । जसमा एमालेका प्रमुख सचेतक गुलाबजङ्ग शाह र नेकपा ९एकीकृत समाजवादी० प्रदेशसभा दलका नेता चन्द्रबहादुर शाही सदस्य रहेका छन् । प्रदेशसभा सचिवालयका अनुसार माघ १८ गते दिउँसो १० बजेका लागि बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्