पोखरामा फेरी यस्तो घटना– घरमा २ बर्षकी छोरी, झाडीमा बाबुको शव, (भिडियो)



पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवामा एकजना पुरुषको शव फेला परेको छ ।

२८ बर्षिय दिपक भगतको झाडीमा शब फेला परेको हो । गत मंगलबार राती ८ बजे साथीले बोलाएको भन्दै घरबाट बाहिरिएका थिए । मंगबारबाट उनको फोन अफ भयो । बुधबार जिल्ला प्रहरी कार्यायमा खोजिका लागी परिवारले निबेदन दियो ।

शनिबार घर नजिकैको झाडीमा उनको शब फेला पर्यो । घटनास्थल हेर्दा लागुऔषध प्रयोग कर्ताहरुको जमघट जस्तो देखिन्छ । जता जतै सिरिन्जहरु मात्र देखिएको र झाडी पनि भएकाले घटनाको बास्तबिकता प्रहरीले खोज्दै छ ।

प्रतिक्रिया दिनुहोस्