२५ प्रतिशत बढ्यो निफ्राको नाफा, अन्य सूचक कस्तो?



नेपाल इन्फ्रास्ट्रक्चर बैंक अर्थात निफ्रा (NIFRA) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.६६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.६१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.५६ प्रतिशत र सञ्चालन मुनाफा २५.५७ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ रुपैयाँ ८७ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ४ रुपैयाँ ४३ पैसामा झरेको छ। चुक्ता पूँजी १२ अर्बबाट बढेर २० अर्ब पुगेका कारण समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी घट्न पुगेको हो।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको जगेडा कोष ७.५९ प्रतिशत बढेको छ भने निक्षेप तथा सापटी १३३.७५ प्रतिशत र कर्जा ६५.२१ प्रतिशत बढेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ८८.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्