चिनियाँ लेखक पिङको अंग्रेजी पुस्तक ‘मेन्ड अर एन्ड’ नेपालीमा



सिन्ह्वा समाचार नेपालका निवर्तमान प्रमुख वरिष्ठ पत्रकार चाउ सेङपिङद्वारा लिखित गैरकाल्पनिक एवं यथार्थपरक पुस्तक ‘मेन्ड अर एन्ड : चिनियाँ पत्रकारको नजरमा नेपाल’को नेपाली संस्करणमा अनुवाद भई बजारमा आएको छ।

पुस्तकमा लेखकले राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका विभिन्न लेखहरूलाई परिमार्जन गरी नयाँ रुप दिएका छन्। निजी अनुभव र अन्य घटनाहरूलाई सार्वजनिक गरेको लेखक पिङले पुस्तकमा नेपालबारे उनको सकारात्मक दृष्टिकोणलाई खुलस्त देखाएका छन्।

जनता प्रकाशनले प्रकाशित गरेको पुस्तकमा राजनीति, अर्थतन्त्र, संस्कृति र शिक्षा, समाज र वातावरण तथा यात्रा र पर्यटन गरी पाँच अध्यायमा बाँडिएको छ । २४० पृष्ठ लामो पुस्तकको बिक्रि मूल्य ३५० रुपैयाँ रहेको प्रकाशन गृहले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्