बेलायतसँग श्रम सम्झौता गरी नेपाली नर्स पठाइने



नेपाल र बेलायतबीच श्रम सम्झौता हुने भएको छ । सरकारले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने भएको हो ।

काम, पारिश्रमिक तथा सेवारसुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने क्रममा बेलायतसँग सम्झौता गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ । नेपालबाट श्रम, परराष्ट्र, कानून मन्त्रालय, चिकित्सा शिक्षा आयोगका प्रतिनिधि तथा बेलायतको स्वास्थ्य विभाग, राष्ट्रिय स्वास्थ्य सेवा र नेपालस्थित दूतावासका अधिकारीहरू सम्मिलित शुक्रवार सम्पन्न पहिलो बैठकमा एक साताभित्र श्रम सम्झौताको मस्यौदा तयार गर्ने सहमति भएको छ ।

नेपाल र बेलायतका अधिकारीहरूबीच काठमाडौंमा भएको बैठकमा श्रम समझदारी भएपछि नर्सको भर्ना प्रक्रिया अगाडि बढाउने सहमति भएको हो । श्रम समझदारी गर्न दुवै पक्षले प्रक्रिया अगाडि बढाएका छन् । बैठकमा सहभागी भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालका अनुसार नर्सको रूपमा बेलायतको रोजगारीमा जानेले कुनै शुल्क तिर्नुपर्दैन ।

प्रतिक्रिया दिनुहोस्