७ बर्षपछि समातिए पत्नीको हत्यापछि आगो लगाएर भागेका युवक



कपिलवस्तुको कृष्णनगर नगरपालिका–६ स्थित श्रीनगरमा पत्नीलाई हत्या गरेर आगो लगाएर भागेका युवकलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । भारतको सिद्धार्थनगर जिल्ला स्थित ग्राम धन्सा घर भएका ३० वर्षीय सिकन्दर चमार उर्फ मुलायमलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

कृष्णनगर नगरपालिका–६ स्थित श्रीनगर गाउँमा ससुराली आएका सिकन्दर चमारले २०७१ चैत १ मा पत्नी किस्लावती चमारलाई हत्या गरेर जलाएका थिए ।

फागुन ३० मा राति उनि पत्नीलाई साथमा लिएर ससुराली आएका थिए । सो रात खाना खाएर ससुरा सुखराम चमार गोठमा सुत्न गए । त्यसपछि पत्निलाई गाउँको दक्षिण पश्चिम स्थित भिन्कन आरखको रहरको खेतमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि आगो लगाएर उनि भारत भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्