नेकपा (एमाले) काठमाडौं अध्यक्षमा दीपक निरौला (पदाधिकारीको सूची सहित)



नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको छैटौँ अधिवेशनबाट अध्यक्षमा दीपक निरौला सर्वसम्मत निर्वाचित भएका छन् ।

एमाले काठमाडौंको जिल्ला सम्मेलन आयोजक कमिटीमा सचिवको जिम्मेवारी पुरा गरेका निरौला राजनीतिक गतिशीलता कै कारण देशको संघीय राजधानी रहेको जिल्ला काठमाडौंको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका छन्।

अघिल्लो निर्वाचनबाट संसदीय राजनीतिमा होमिएका निरौला क्षेत्र नं ५ (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भई हाल नेकपा एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी समेत सम्हाली रहेका छन्।

विशेषगरी काठमाडौंका नेवार समुदाय र काठमाडौं मै जन्मिएर एमालेको राजनीतिमा क्रियाशील पार्टी कार्यकर्ताहरुको भावना समेट्नु र पार्टीमा योगदान गर्न चाहनेहरु कार्यकर्ताको व्यवस्थापन गर्नु निरौलाको मुख्य चुनौती देखिएको छ। कडा र प्रष्ट स्वभावका निरौलाले आगामी दिनमा पार्टी भित्र खेल्ने आक्रामक वा संयोजनकारी भूमिकाले नै एमालेको काठमाडौं राजनीतिलाई दिशाबोध गर्ने देखिन्छ।

छैटौँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु :
अध्यक्ष : दिपक निरौला
उपाध्यक्ष : नवराज पराजुली
सचिव : राजेश शाक्य
उप-सचिव : तेज प्रसाद ढकाल र बिन्दु महर्जन

प्रतिक्रिया दिनुहोस्