नेपाल बसाेबास बस्ती संरक्षण समाजको “नो लालपुर्जा नो भोट” देशव्यापी बन्दै



आज नेपाल बसाेबास बस्ती संरक्षण समाजले चितवनको खैरहनी नगरपालिकामा “नो लालपुर्जा नो भोट” अभियान अन्तर्गत बृहत प्रदर्शनी गरेको छ।

अभियानको सन्दर्भमा खैरहनी नगर समितिकाे आयोजनामा पाैष २५ गते संचालन भएको बृहत् जनजागरण तथा खवरदारी कार्यक्रमका लागि सुकुम्बासी समुदायको व्यापक सहभागीता रहेको थियो।

संस्थाकी केन्द्रीय कोषाध्यक्ष स्मिता आचार्यका अनुसार,” आज नगर समाजले नगर स्तरीय प्रदर्शन गर्यो, भोलि चितवन जिल्ला स्तरीय प्रदर्शन गर्छ। यसैगरी समाजले देशभर अभियान संचालन गर्दै लालपुर्जा नपाएसम्म दबाब र खबरदारी जारी रहने छ।”

स्थानीय तहको निर्वाचनको सम्मुखमा दबाब अभियान संचालन गरी सरकारलाई लालपुर्जा वितरण गराएरै छोड्ने अभियानमा समाज होमिएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्