सिरहामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु



पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–६ स्थित दुर्गा मन्दिर नजिक आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ७ प १८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका–११ निवासी २५ वर्षीय सञ्जय साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते साहलाई उपचारको लागि लहानतर्फ लैजाने क्रममा माटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्