कञ्चनपुरमा चरेससहित २ जना पक्राउ



भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट प्रहरीले आज दुई जनालाई लागुऔषध चरेससहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा भीमदत्त–६ ऐठपुर बस्ने २६ वर्षीय हरिशप्रसाद जोशी र २५ वर्षीय सागर बोहरा रहेका छन् ।

पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले आठ दशमलव ८८ ग्राम चरेस बरामद गरेको छ । शङ्का लागि जाँच गर्दा इलाका प्रहरी कार्यालय गड्डचौकी र महेन्द्रनगरबाट खटिएको टोलीले पर्सभित्र लुकाइराखिएको चरेससहित दुवैलाई पक्राउ गरेको हो । पक्राउ गरिएका दुवै जनामाथि कानूनबमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक साताअघि मात्रै प्रहरीले भीमदत्त नगरपालिकाको तिल्केनी क्षेत्रबाटै चरेससहित दुई जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्