एभरेष्ट स्कुलका विद्यार्थीद्धारा सरसफाई



भक्तपुर । भक्तपुरको एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासीका विद्यार्थीले शुक्रबार जिल्लाकै सूर्यविनायक नगरपालिका गुण्डुमा पुगेर सरसफाई गरेका छन् । स्कुलको कक्षा ९ का २९ जना छात्रछात्राहरु संस्थापक प्रिन्सिपल भक्त राजभण्डरीसँंगै शिक्षकशिक्षिकाहरुसँंगसँंगै सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको मन्थलीमा पुगेर सरसफाईमा जुटेका हुन् ।

मन्थलीस्थित जंगलकोवीचमा रहेको यो ठाउँं पिकनिक स्पोर्टको रुपमा विकशित छ । यही कारण यहाँं फोहोर छ । त्यही फोहोरको संकलन र व्यवस्थापनमा विद्यार्थी लागिपरेका हुन् ।

करिव एक सय रोपनीको क्षेत्रफलमा फैलिएको यो ठाउँंमा रहेका पानीका बोटल, विभिन्न ब्राण्डका रक्सीका बोटलहरु, प्लाष्टिकहरु, शिशाका टुक्राहरु आदि संकलन गरी उनीहरुले व्यवस्थापन गरेका हुन् ।

सूर्यविनायक नगरपालिकाले जथाभावी फोहोर नगरी एकैठाउँंमा फोहोर संकलन गरी थुपार्न एउटा खाल्डोको व्यवस्था गरिराखेको छ । साथै ठाउँठाउँंमा फोहोर राख्ने डस्टविनको पनि व्यवस्था छ । तर पनि त्यहाँं आउने सर्वसाधारणले फोहोरलाई ठिक ठाउँंमा नफाली जथाभावी फाल्नाले त्यहाँं फोहोर देखिएको थियो । यही फोहोरलाई संकलन गर्न स्कुलले नै विद्यार्थीलाई त्यहाँं लगेको थियो ।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीलाई फाहोर गर्नु हुँंदैन भन्ने सन्देश दिन सरसफाई कार्यक्रममा सहभागी गराएको सुनाए । विद्यार्थीले फोहोर संकलन गरेको थाहा पाएर आगामी दिनमा त्यहाँं आउनेहरुले पनि फोहोर गर्न हुँंदैन भन्ने सन्देश दिन पनि विद्यार्थीलाई यहाँं ल्याएको प्रिन्सिपल राजभण्डारीले सुनाए ।

विद्यार्थीले फोहोर संकलन गरेपछि त्यहाँं अहिले सफा देखिएको छ । विद्यार्थीले जथाभावी फालिएका फोहोर संकलन गरी नगरपालिकाले व्यवस्था गरेको खाल्डोमा ल्याएर जम्मा गरेका थिए । अव त्यो फोहोर नगरपालिकाको गाडीले लिन आउने जनाइएको छ ।

विद्यार्थीहरु स्कुलबाट स्कुलकै बसका आएका थिए । स्कुल र त्यो ठाउँंबीचका दुरी करिव पाँंच किलोमिटर दुरीका फरकमा छ । गुण्डुको यो मन्थली गाउँं भक्तपुरको सूर्यविनाक चोकबाट करिव दुई किलोमिटर दक्षिणमा पर्दछ । जंगलकोवीचमा सुन्दर, शान्त खुल्ला ठाउँं रहेकोले पछिल्लो समय त्यहाँं पिकनिक गर्न आउनेहरुको टोली वढ्दो रहेको जनाइएको छ ।

सरसफाईमा संस्थापक प्रिन्सिपल राजभण्डारीसँंगै प्रिन्सिपल कमलादेवी राजभण्डारी, स्कुलका एकेडेमिक कोअर्डिेनेटरहरु, इन्चार्जहरु, शिक्षकशिक्षिकाहरु, कर्मचारीहरु गरी एक दर्जन पुगेका थिए । उनीहरुले सरसफाईका लागि चाहिने पञ्जा, बाल्टिन, च्वाफी, शिशाहरु उठाउन ब्रुसहरु साथमा लिएर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्