चितवनमा विद्युतीय राहदानी सुरु



जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु गरेको छ । कार्यालयले अनलाइनमार्फत फाराम भरेर राहदानी लिन सकिने व्यवस्था गरेको हो । कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले अब पासपोर्ट लिनका लागि अनलाइनबाटै फाराम भर्नुपर्ने छ ।

मोबाइल वा कम्प्युटरमा बसेर जहाँबाट पनि फाराम भर्न सकिने उनको भनाइ छ । पौडेलका अनुसार अनलाइनमा सम्पूर्ण विवरण भरिसकेपछि फोटो खिच्न भने कार्यालयमा जानुपर्ने छ । जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्कमा आएर पनि अनलाइनबाट फारम भर्न सकिने व्यवस्था गरिने पौडेलले बताए ।

प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले आज मात्रै १४ जनाको फाराम भरेको जानकारी दिए । शुक्रबारसम्म दैनिक २० जनासम्मको फाराम भर्न सकिने छ भने आइतबारबाट यो सङ्ख्या बढाउन सकिने उनको भनाइ छ । फाराम भरेको दुई सातापछि विद्युतीय राहदानी आइपुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्