प्राविधिकतर्फका दुई एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस



नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहतर्फ दुई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक ९डिआईजी० मा बढुवा गर्न सिफारिस गरेको छ । प्रहरीको बढुवा समितिको आज बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहमा एसएसपीद्वय डा सञ्जयविक्रम श्रेष्ठ र डा।गोपेशकुमार ठाकुरलाई डिआइजी पदमा बढुवा गर्ने सिफारिस गरेको हो ।

डा.श्रेष्ठ र ठाकुरलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्