दाङमा बसको ठक्करबाट १ जनाको मृत्यु



दाङमा बसको ठक्करबाट एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरीको मृत्यु भएको हो । घाइते चौधरीलाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

चौधरीलाई वनजङ्गल नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आज बिहान करिब सवा ६ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बिहानै बजारमा दुध छाडेर फर्किदै गर्दा बसले ठक्कर दिएको बताइएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्