लुट्ने योजनामा बाफलमा ७५ वर्षीय पुरुषको हत्या



काठमाडौंको बाफलमा जलेको अवस्थामा फेला परेको शवको सनाखत गरेर आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बाफलस्थित केशव पाण्डेको घरमा भेटिएको शव काभ्रेको मेच्छे घर भएका हर्कबहादुर बानियाँको पुष्टि भएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए । कार्तिक ७ मा जलेको अवस्थामा शव भेटिएको थियो ।

रहस्यमय मानिएको सो घटना महानगरीय अपराध महाशाखाका डिएसपी कृष्णकुमार चन्द नेतृत्वको टोलीले अनुसन्धान गरेर आरोपीलाई पक्राउ गरेको छ । नैकाप घर भएका र बाफल क्षेत्रमा हिँड्ने ३३ वर्षीय सुशील शर्मालाई पक्राउ गरिएको एसएसपी खापुङले बताए ।

मोबाइल नबोक्ने र पहिचान खुल्ने कागजात, कपडासहित जलेको अवस्थामा फेला परेका हर्कबहादुरको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो ।

प्रतिक्रिया दिनुहोस्