कास्कीमा बस दुर्घटना, चालकको मृत्यु



कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बस दुर्घटना हुदाँ बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको चित्रुङधारा घर भएका भुपेन्द्र खनाल छन् । अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको पोखरास्थित फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्