बैंकिङ कसुरमा फरार महिला पक्राउ



लमजुङमा बैंकिङ कसुरका फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ । आज जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेंसीसहर नगरपालिका–३ बसौला गाउँ बस्ने ३० वर्षीय प्रजिता गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

उनका अनुसार पक्राउ परेका महिलालाई उच्च अदालत पाटनबाट वि।सं २०७७ पुस ५ गते एक दिन कैद र रु दुई लाख जरिवाना तोकेको थियो । सो लगत्तै फरार रहँदै आएकी ती महिलालाई पक्राउ गरी आजै जिल्ला अदालतमा पेस गरेको प्रहरीले जनाएको छ । महिलाले जरिवानाबापतको रकम बुझाएको र एक दिन कैदका लागि जिल्ला कारागारमा जेल चलान गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्