जेलमा रहेका चिनियाँ नागरिकलाई ‘छुटाउँछु’ भन्दै ठगेको आरोपमा एक युवती पक्राउ



काभ्रे घर भई काठमाडौंको सुकेधारा बस्दै आएकी २७ वर्षीया रविना थापालाई डिल्लीबजार कारागारमा रहेका चिनियाँ नागरिकलाई ‘छुटाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

बलात्कार उद्योग मुद्दामा ०७८ असार १८ मा पक्राउ परेका चिनियाँ नागरिक लिउ यु अहिले पुर्पक्षका लागि थुनामा छन् । थुनाबाट ‘छुटाउँछु’ भनेर रविनाले चिनियाँ नागरिकको पत्नीसँग २० लाख ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस्