सङ्खुवासभामा लडेर एक मजदुरको मृत्यु



सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा शौचालय जाने क्रममा लडेर एक मजदुरको मृत्यु छ । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–८ का ३१ वर्षीय राजु माझी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शुभेष अधिकारीले जानकारी दिए ।

माझी गएराति १० बजे शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका थिए । लडेर घाइते भएका माझीको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको प्रहरी प्रवक्ता अधिकारीले बताए । माझी उत्तर दक्षिण कोसी सडक आयोजनाको निर्माण गर्ने स्वामी नारायण कन्स्ट्रक्सनका मजदुर हुन् ।

उनी केही महिनायता स्वामी नारायण कन्स्ट्रक्सनमा काम गर्दै आएका थिए । उनको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्