त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुन बरामद



दुबईबाट आएका दुई यात्रुको साथबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ ।

सुन बरामद भएपछि प्रहरीले दाङका सीताराम चौधरी र सिरहाका सरोज सहानीलाई पक्राउ गरेको छ ।

विमानस्थल प्रहरी सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले ‘तरल बनाएर सुन ल्याएको देखिएकाले परीक्षणका लागि पठाउने तयारी रहेको बताएका छन् ।

उनीहरूले भित्री वस्त्रमा फल्स बटम बनाएर नेपाल एयरलाइन्सको जाहजमा चढेर सुन ल्याएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्