
एउटी बेहुलीले आफ्नो विवाहमा निम्तो गरेका पाहुनासँग भोजमा खाना खाएवापत प्रतिप्लेट १२ हजार रुपैयाँका दरले पैसा मागेपछि अहिले यो समाचारले सामाजिक सञ्जालभरि चर्चा पाएको छ । ती बेहुलीले आफू र उनका श्रीमानसँग रिसेप्सनको लागि खर्च नभएपछि यस्तो उपाय खोजेको जानकारी दिएकी छिन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै ती बेहुलीकी साथीले बिहेमा बोलाएर साथीले भोज खाएको पैसा मागेको बताएकी छिन् । रिपोर्टअनुसार नयाँ दम्पतीले आफूहरुसँग बिहेको रिसेप्सन पार्टीमा खर्च गर्न पैसा नभएको बताउँदै यस्तो माग गरेका थिए । युजरले लेखेकी छिन् ‘निम्तो कार्डमा बेहुलीले भनेकी थिइन् कि हामी भोजनको खर्च उठाउन असमर्थ छौं त्यसैले प्रतिव्यक्ति खानाको प्लेटको शुल्म ९९ डलर लाग्नेछ ।’
ती युजरका अनुसार बिहे हुने स्थान उनको घरबाट धेरै टाढा थियो । त्यहाँ पुग्नका लागि उनीहरुले करिब ४ घण्टा गाडी चलाएर जानुपर्यो । यसरी जाँदा धेरै समय र धेरै पेटेल समेत खर्च भयो । रेडिट युजरका अनुसार बिहेको स्थानमा एउटा बक्स लगाइएको थियो । त्यहाँ पाहुनासँग पैसा हाल्न अपिल गरिएको थियो । बक्समा लेखिएको थियो ‘पाहुनाहरुले दम्पतीको हनिमून, राम्रो भविष्य र नयाँ घरको लागि यहाँ पैसा हालिदिन सक्नुहुन्छ ।’





