बूढानीलकण्ठ-१० स्थित दिप मण्डला युवा क्लबको उद्घाटन र देउसी भैलो आयोजना गर्ने



बूढानीलकण्ठ-१० स्थित दिप मण्डला युवा क्लबले तिहार -२०७८ को अवसरमा क्लबको उद्घाटन र देउसी भैलो कार्यक्रम आयोजना गर्ने क्लबका सचिव प्रदिप मैनालीले जानकारी गराए।

स्थानीय स्तरमा विभिन्न सामाजिक गतिविधि संचालन गर्दै आएको दिप मन्डला युबा क्लबले देउसी भैलोबाट उठेको रकमले विभिन्न सामाजिक कार्यक्रम संचालन गर्ने क्लबको उद्देश्य रहेको छ।

नेपालीहरुको मौलिक संस्कृति संरक्षण गर्ने अभियान संचालन गरिरहेको क्लबको कार्यक्रममा सहभागी हुन र सकेको सहयोग गर्न क्लबका अध्यक्ष राजन श्रेष्ठले सबैमा अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्