भगवती न्यौपानेको शब्दमा एलिना चौहानको ’माइला माइली’ सार्वजनिक



अमेरिकामा रहेर पनी नेपाली सुगम संगीतमा कलम चलाइरहेकी भगवती न्यौपानेको शब्दमा रहेको ’माइला माइली’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा किरण भुजेल र एलिना चौहानको स्वर रहेको छ ।

प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । प्रेमलाई आकर्षक रुपमा प्रस्तुत गरिएको कारणले आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गीतकी रचनाकार भगवती न्यौपानेले बताइन । पुष्कर सुनुवारको संगीत तथा एरेन्ज गीतमा रहेको छ । मिलन शंकरको छायाँकन , दिनसन शाहको सम्पादन तथा गणेश शाहीको निर्देशन भिडियोमा रहेको छ । ’माइला माइली’ गीतको भिडियोमा रोहन नेपाली र विना राउतको फिचरिङ गीतमा देख्न सकिन्छ ।

’माइला माइली’ गीतको पुरा भिडियो

प्रतिक्रिया दिनुहोस्