दक्षिण सुडानमा नेपाली शान्ति सैनिकहरुको मेडल परेड सम्पन्‍न



संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि MONUSCO Congo मा तैनाथ श्री भवानीदल गण (शा.से.) २७ औं डफ्फा र श्री नं.२४ फिल्ड गुल्म (शा.से.) २४ औं डफ्फामा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह असोज २७ गते (तदनुसार 13 October, 2021) MONUSCO का Chief of Staff John Stanley Chaika (जोन स्टान्ले चाइका) को प्रमुख आतिथ्यतामा सम्पन्‍न भएको छ ।

त्यसैगरी सोही मितिमा UNMISS, दक्षिण सुडानमा तैनाथ श्री गोरखबहादुर गण (शा.से.) सातौं डफ्फामा सहभागी नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह UNMISS का SRSG, His Excellency Mr.Nicholas Haysom (निकोलस हेसम) को प्रमुख आतिथ्यतामा सम्पन्‍न भएको थियो।

समारोहमा उच्चपदस्थ अधिकृतहरु, स्थानीय वरिष्ठ पदाधिकारीहरु एवं सुरक्षा निकायका प्रमुखहरुका साथै विभिन्न देशको प्रतिनिधित्व गर्ने सैनिक पर्यवेक्षकहरुको उपस्थिती रहेको उक्त समारोहहरुका प्रमुख अतिथीहरुले आ-आफ्नो सम्बोधनमा नेपाली शान्ति सैनिकहरुले विश्वका द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ
गरेको योगदानको कदर गर्दै नेपाली शान्ति सैनिकहरुको व्यवसायिक क्षमताको खुलेर प्रशंसा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्