![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2021/10/Dashain-in-USA.jpg?fit=720%2C347&ssl=1)
अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीले २०७८ सालको विजया दशमी हर्षोउल्लाश साथ मनाएका छन् । अमेरिकामा एक छेउदेखि अर्को राज्यमा ३ घण्टा सम्मको समय फरक हुने भएकाले टीका थाप्ने समय पनि फरक फरक थियो । अमेरिकामा विजया दशमी शुक्रबार परेको तर बिदा नहुने भएकोले काममा बिदा नहुनेहरुले कामबाट आएर पनि परिवारसँग टीका लगाएका छन् । अधिकांश नेपालीहरुले बिदा लिई दसैँ मनाएका छन् ।
![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2021/10/Sanjay-Thapa-USA-768x576.jpg?resize=720%2C540&ssl=1)
अमेरिकामा नेपाली समुदायले टीका ग्रहण गरेका तस्बिरहरु सामाजिक संजालमा धमाधम राख्न थालेका छन् । दुई वर्षदेखि जारी कोरोना महामारीको कारण आफन्त, ठूला बडा ,मान्यजनहरुबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका ग्रहण सीमित रुपमा गरेका छन् ।
अमेरिकामा सबै नेपालीहरुले कोरोनाको पूर्ण खोप लगाए पनि डेल्टा प्रजातिको कोरोना संक्रमणका कारण घर परिवारभित्रै दसैँ मनाएका छन् । अमेरिकामा नेपालकै शुभ साइत बिहान १० बजेर ०२ मिनेट देखि टिका थाप्न सुरु गरेका थिए । अमेरिकामा रहेका नेपालीहरुको मन्दिर र सामुदायिक केन्द्रले समेत जमरा वितरण गरेका छन् ।
![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2021/10/Laxman-USA-768x715.jpg?resize=720%2C671&ssl=1)
हजुरबा, हजुरआमा, मातापिता, सासुससुरा, पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी आशीर्वाद समेत लिएका छन् । वर्ष दिनमा आउने महान चाड दसैँमा नेपाली पोशाक दौरासुरुवाल, भादगाउँले तथा ढाका टोपीमा सजिएका देखिन्थे भने महिलाहरु पनि बिशेष गरि राता सारी (फरिया) तथा गरगहनामा सजिएका थिए ।
![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2021/10/Sanjay-Thapa-dashain-768x706.jpg?resize=720%2C662&ssl=1)
साना बाल-बालिकाहरूका लागि दसैँ निकै रमाइलो हुने हुनाले अमेरिकामा जन्मिएका बालबालिकाहरु टिका जमरा र खाममा डलर पैसा दिँदा निकै दङ्ग परेका देखिन्थे ।
![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2021/10/Sanjay-Thapa-New-York-Dashain-768x614.jpg?resize=720%2C575&ssl=1)
![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2021/10/Sanjay-Thapa-Daughter-768x576.jpg?resize=720%2C540&ssl=1)
![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2021/10/Dashain-with-Nepali-uniform-576x768.jpg?resize=720%2C960&ssl=1)
![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2021/10/Dashain-in-America-768x576.jpg?resize=720%2C540&ssl=1)