बकस इन्भेष्टमेन्टको अध्यक्षमा समिर नेपाल निर्वाचित (संचालक समितिको नामावली सहित)



भोजपुरबाट काठमाडौं आई विभिन्न पेशा र व्यवसाय गरी बसाेबास गरिरहेका नेपालहरूले २०६१ बाट मासिक रूपमा भेला गर्दै रकम जम्मा गरी शुरु गरिएको बकस इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.को अध्यक्षमा समाजसेवी समिर नेपाल निर्वाचित भएका छन् ।

मासिक रुपमा छलफल र सानो लगानीबाट शुरु गरिएको इन्भेष्टमेन्ट कम्पनी २०७१ मा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएकाे हो। हाेटल हार्दिक बागबजारमा सम्पन्न आठौं साधारणसभाले कम्पनीका शेयर सदस्यहरूलाई ५०% रकम मुनाफा वितरण गर्दै आगामी तीन बर्षका लागि संचालक समिति निर्वाचित गरेको छ ।

नवनिर्वाचित बकस इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. को संचालक समिति

अध्यक्ष समीर नेपाल
संचालक कुवेरमणि नेपाल
संचालक झुमा देवान नेपाल
संचालक एकमणि नेपाल
संचालक सन्ताेषमणि नेपाल
संचालक तुलसी नेपाल
संचालक श्याम नेपाल
संचालक राजन नेपाल (राजकुमार)
संचालक रामचन्द्र नेपाल

प्रतिक्रिया दिनुहोस्