वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा चतुर्वेदीले हाम्फालेर आत्महत्या गरे



काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा चतुर्वेदीले काठमाडौंको चावहिलस्थित निर्माणाधीन घरबाट हामफालेर आत्महत्या गरेका छन् । बिहीबार बिहान निर्माणाधीन घरबाट हाम्फाल्दा चतुर्वेदीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । घरको चौंथो तलामा उनको मोवाइल फेला परेको छ । ७४ वर्षीय चतुर्वेदी बिहान ७ बजे मर्निङ्वाक गएको बेला सो घरमा गएर हाम्फालेका हुन् ।

उनी काठमाडौं महानगरपालिका–७ चावहिल स्थित बुलबुलेमा बस्दै आएका थिए । आफ्नो घरबाट केही पर रहेको निर्माणाधीन घरबाट उनि हाम्फालेका हुन् । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्