६ घण्टापछि सुल्झियो फेसबुक, ह्वाट्सएप र इन्स्टाको समस्या



काठमाडौं । विश्वव्यापी रुपमा नै डाउन भएको फेसबुक ह्याट्सएप र इन्स्टाग्रामको समस्या करिव ६ घण्टापछि सुल्झिएको छ ।

फेसबुक लगायतका यी तीन वटै सामाजिक सञ्जालमा समस्या आउँदा विश्वका अर्बौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्नबाट बञ्चित भएका थिए । ६ घण्टा पछि यी सामाजिक सञ्जालमा देखिएको समस्या समाधान भएको फेसबुकले जनाएको छ।

यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन। फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी समेत मागेको छ।

प्रतिक्रिया दिनुहोस्