देशभर मौसम बदली, केही स्थानमा चट्याङ्सहित भारी वर्षाको सम्भावना



काठमाडौँ । भारतको विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले नेपालको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाअनुसार हाल प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

आज (आइतबार) बिहान आगामी तीन दिनको मौसम विश्लेषण गरी जारी गरिएको मौसम पूर्वानुमान बुलेटिनअनुसार आइतबार बेलुकीसम्म देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि (सोमबार) पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

यसै गरी पर्सी (मंगलबार) केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले छ ।

प्रतिक्रिया दिनुहोस्